मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ‘मंकी बी भाइरस’ बाट डाक्टरको मृत्यु, के हो लक्षण र बच्ने उपाय ?

सोमबार, ०४ साउन २०७८, १५ : ५२
सोमबार, ०४ साउन २०७८

चीनको बेइजिङमा मंकी बी भाइरस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको खबर छ ।

ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीले यसबारे जानकारी दिएको हो ।

ग्लोबल टाइम्सको खबर अनुसार बेइजिङमा जनावरका एक डाक्टरमा मंकी भाइरसबाट मृत्यु भएको हो । मंकी भाइरसका कारण भएको यो पहिलो मृत्यु हो । खबरमा बताइए अनुसार उनको सम्पर्कमा आएका मानिसहरु अहिले पूर्ण रुपमा सुरक्षित छन् ।

५३ वर्षका यी पशु चिकित्सक एक इन्स्टिच्युटमा नन–ह्यूमन प्राइमेट्समाथि अनुसन्धान गरिरहेका थिए ।

रिपोर्टमा बताइए अनुसार मार्च महिनामा उनले दुई मृत बाँदरमाथि शोध गरेका थिए र त्यसको एक महिनापछि नै उनलाई बान्ता हुन थालेको थियो ।

गत शनिबार चाइना सीडीज विकलीले यसबारे जानकारी दिएको हो ।

पत्रिकाका अनुसार यी पशु चिकित्सकले थुप्रै अस्पतालमा उपचार गराए तर २७ मेमा उनको मृत्यु भयो ।

पत्रिकाका अनुसार यसअघि यो भाइरससँग सम्बन्धित कुनै पनि घटना सार्वजनिक भएको थिएन । मंकी बी भाइरसले मानव संक्रमण र मृत्युको यो पहिलो मामिला हो ।

अनुसन्धानकर्ताले अप्रिलमा पशु चिकित्सकको स्याम्पल लिएका थिए र त्यसमा मंकी भाइरस भएको पुष्टि गरिएको थियो । तर राहतको कुरा यो हो कि उनको सम्पर्कमा आएका अर्को व्यक्तिमा अहिलेसम्म यो भाइरसको संक्रमणको लक्षण देखिएको छैन ।

 यो भाइरसको पहिचान सन् १९३२ मा भएको थियो । यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ । मंकी बी भाइरसद्वारा संक्रमित बिरामीमा मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत हो ।

पत्रिकाले मंकी बी भाइरसले खतरा पैदा गर्न सक्ने र यसबारे थप अनुसन्धान हुनुपर्ने सुझाव दिएको छ ।

के हो मंकी बी भाइरस ?

हर्पीस बी भाइरस वा मंकी भाइरस साधारणतया वयस्क मेकाक बाँदरबाट फैलन्छ । यसबाहेक रिसक मेकाक, सुँगुरको झैं पुच्छर भएका मेकाक र सिनोमोलगस बादर वा लामो पुच्छर भएको मेकाकबाट पनि यो भाइरस फैलन्छ ।

यो मानिसमा पाइनु निकै दुर्लभ मानिन्छ तर यदि कोही मानिस यो भाइरसद्वारा संक्रमित हुन्छन् भने उसलाई स्नायू सम्बन्धि रोग वा मस्तिष्क र मेरुदण्ड सुन्निने रोग लाग्न सक्छ ।

यो भाइरस कसरी फैलन्छ ?

मानिसमा यो भाइरस साधारणतया मेकाक बाँदरले टोकेपछि वा चिथोरेपछि मात्रै पुग्न सक्छ । भाइरस संक्रमित बाँदरको  र्‍याल, मल–मूत्रमार्फत् पनि यो फैलन सक्छ ।

यसबाहेक संक्रमित इन्जेक्सन पनि यसको एउटा स्रोत हुनसक्छ ।

यो भाइरस वस्तुको सतहमा घण्टौंसम्म जीवित हुनसक्छन् ।

बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार प्रयोगशालामा काम गर्ने मानिस सबैभन्दा बढी यो भाइरसद्वारा संक्रमित हुने खतरा हुन्छ । यस्तै, पशु चिकित्सक वा यी बाँदरको निकट बसेर काम गर्नेहरुमा पनि यो भाइरसको संक्रमणको खतरा उच्च रहन्छ ।

यी भाइरसको लक्षण के हुन् ?

मानिसमा, भाइरसको सम्पर्कमा आएको १ महिनाभित्र लक्षण देखिन थाल्छ । थुप्रै पटक यो लक्षण ३ देखि ७ दिनभित्र पनि देख्न सकिन्छ । लक्षण कति तीब्र गतिमा बढ्छ, यो संक्रमण कणमा निर्भर हुन्छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सबैमा यो संक्रमणको एउटै लक्षण देखिन्छ भन्ने छैन ।

केही सामान्य लक्षणः

संक्रमण भएको ठाउँमा फोका आउनु

घाउ नजिकै दुख्नु, उक्त स्थान सुन्निनु । चिलाउनु

फ्लू जस्तो पीडा

ज्वरो आउने चिसो लाग्ने

२४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्ने

थकान

मांसपेशी दुख्नु

सास फेर्न समस्या

लक्षण सुरु भएको पहिलो दिनदेखि ३ हप्तासम्म सास फेर्न समस्या हुनसक्छ र यदि संक्रमण अत्यधिक बढेको खण्डमा मृत्युसमेत हुनसक्छ ।

उपचार के हो ?

बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार यो भाइरसद्वारा संक्रमित व्यक्तिले यदि उपचार नपाएको खण्डमा लगभग ७० प्रतिशत मामिलामा बिरामीको मृत्यु हुनसक्छ । यस्तोमा यदि तपाईंलाई कुनै बाँदरले टोकेको छ वा चिथोरेको छ भने ती बाँदर बी भाइरसका वाहक हुनसक्छन् ।

यस्तो स्थितिमा तुरुन्त प्राथमिक उपचार सुरु गर्नुपर्छ ।

घाउ भएको स्थानमा साबुन र पानीले राम्रोसँग सफा गर्न सबैभन्दा आवश्यक छ ।

कमिशनको रिपोर्ट अनुसार बी भाइरसको उपचारका लागि एन्टीभाइरल औषधी त उपलब्ध छन् तर कुनै खोप उपलब्ध छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप