प्रमोदको ‘बैगुनी’मा आस्था र दीपकको रोमान्स
सोमबार, ०४ साउन २०७८, १६ : ४८
लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । कलाकार दीपक मैथानेको शब्द रहेको गीतमा संगीत विलन थापा मगरले दिएका छन् ।
गीतका लेखक दीपकले आफ्नो दिन पारेर सार्वजनिक गरेको यो गीतको भिडियो बेलायतमा छायांकन भएको हो । भिडियोमा पहिलो मिसेस युके नेपाल आस्था जोशी, मनिष श्रेष्ठ, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय छ ।
कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो छायांकन तथा निर्देशन समेत उनी आफैले गरेका हुन् । बेलायतका रमणीय स्थानमा छायाँकन भएको भिडियोमा प्रेम विछोडको कथा प्रस्तुत गरिएको छ ।