बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा ५ सदस्यीय मन्त्रिपरिषद बैठक जारी

सोमबार, ०४ साउन २०७८, १७ : ०२
सोमबार, ०४ साउन २०७८

 सिंहदरबारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको हो ।

मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र निर्णय हुनसक्छ । बाँकी दैनिक कामकारवाहीका विषयमा छलफल हुन्छ’, ति मन्त्रीको भनाइ छ ।

देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा ,उर्जामन्त्री पम्फा भुसाल ,कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप