शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले स्पष्टीकरण सोधेपछि माधव समूह छलफलमा

सोमबार, ०४ साउन २०७८, १७ : ३५
सोमबार, ०४ साउन २०७८

अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णयपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए । ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन तथा एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे छलफल आयोजना गरिएको नेपाल निकट स्रोतले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप