बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा प्रहरीलाई २५ हजार घुस दिन खोज्ने पक्राउ

सोमबार, ०४ साउन २०७८, १९ : १४
सोमबार, ०४ साउन २०७८

घुस दिन खोजेको आरोपमा उदयपुर प्रहरीले मदिरा कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीलाई २५ हजार घुस रकम अफर गरेपछि त्रियुगा नगरपालिका–११ बस्ने टिका बहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साउन ३ मा प्रहरीले ज.१च १५४६ नम्बरको बोलेरो पिक अपमा ल्याएको भन्सार छलीको सामान नियन्त्रणमा लिएको थियो । सो सामान छुटाउन बस्नेतले प्रहरी कर्मचारीलाई घुस अफर गरेका थिए । मदिराजन्य सामग्री छुटाउन घुस दिन खोज्ने बस्नेतलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । उनले भने–‘तत्काल पक्रेर कानुनी कारवाही शुरु गरेका छौं ।’

पिकअपमा बियर, विभिन्न ब्राण्डका रक्सि, गुट्खा र किराना सामान फेला परेको थियो । करिब १ लाख २० हजार मूल्य पर्ने सामानको बिल, भरपाई र भन्सार जाँचपास कागज देखाउन नसकेपछि प्रहरीले सो गाडी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बरामद गरेको सामान आवश्यक कारवाहीका लागि सोमबार करदाता सेवा कार्यालय गाईघाटमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप