शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन बुँदे सहमति पश्चात खुल्यो नगरपालिकाको ताला

सोमबार, ०४ साउन २०७८, १९ : १८
सोमबार, ०४ साउन २०७८

झापाको अर्जुनधारा नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । सरोकारवालाहरु बीच भएको तीन बुँदे सहमति पछि तालाबन्दी खोलिएको नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर कमिटी अध्यक्ष पुण्य सुवेदीले जानकारी दिए । 

सरोकारवालाहरुबीच आज भएको छलफलमा अर्जुनधारा नगरपालिकामा सञ्चालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लगायत विभिन्न आयोजनाहरुको के कारण समयमा भुक्तानी नभएको विषयमा प्रमुख प्रशासकीय अधिकृतले छानबिन गरि सात दिनभित्र नगर कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने, विविध प्राविधिक कारणले अघिल्लो आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी हुन नसकेका आयोजनाहरुको भुक्तानीका लागि नगरपालिकाले उपयुक्त ढंगले श्रोत व्यवस्थापन गरि भदौ १५ भित्रमा भुक्तानी ब्यवस्था मिलाउने र विविध कारणले सामुदायिक विद्यालयको रोक्का राखिएको खाता सञ्चालनको आवश्यक ब्यवस्था नगरपालिकाले मिलाउने सहमति भएको नगर प्रमुख हरिकुमार रानाका प्रेस संयोजक नन्दलाल खतिवडाले बताए । 

नगरपालिकाले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरुलाई दिनु पर्ने राष्ट्रपति शैक्षिक सुधार तथा सशर्त अनुदान अन्तर्गतको भौतिक सुधार कार्यक्रमको रकम समयमा निकासा नगर्दा फ्रीज भएको भन्दै विद्यालयका शिक्षक तथा ब्यवस्थापन समितिका प्रतिनिधिहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप