मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सले साउन १२ गते नेक्सन इभी सार्वजनिक गर्ने

सोमबार, ०४ साउन २०७८, १९ : ३२
सोमबार, ०४ साउन २०७८

भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.मार्फत् यही श्रावण १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरूले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दैछ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई श्रावणको १२ गते देखि नै र क्रमशः नेक्सन इभीको विक्री वितरण गरिदैं जानेछ । कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा धधध।तबतबmयतयचक।अयm।लउरतबतब(लभहयल(भखर वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ् गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन इभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले आजको मितिसम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन इभीे सबैभन्दा बढी पुरस्कारहरूबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।

टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ्ग सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ । 

नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर ( जुन पहिला आउँछ ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर ( जुन पहिला आउँछ ) को वारेन्टी दिइनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप