मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा हत्या आरोपित ५ जना पक्राउ

सोमबार, ०४ साउन २०७८, २२ : ३५
सोमबार, ०४ साउन २०७८

सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।  घटनापछि फरार आरोपितहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकहरुका आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप