सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।
कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।
यसैगरी कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको जानकारी दिए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपालले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।
सूर्य नेपाल गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईँमा सहयोग प¥याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप