बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता आईपीओ पुनः खुल्यो, कति दिन पाइन्छ आवेदन ?

मङ्गलबार, ०५ साउन २०७८, ११ : ५१
मङ्गलबार, ०५ साउन २०७८

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । गत वैशाख १३ गतेदेखि २१ गतेसम्म खुल्ला भएको उक्त आईपीओ २४ गते देखि बिक्री बन्द गरिएकोमा कम्पनीले उक्त आईपीओ पुनः  सर्वसाधारणका लागि खुल्ला गरेको हो । 

मंगलबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको कुल ६० लाख कित्ता सेयर मध्ये सर्वसाधारण लगानी कर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर, आवेदन भने, छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ । 

यद्यपि, यसअघि नै आवेदन दिएका कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले पुनः आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप