बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु

मङ्गलबार, ०५ साउन २०७८, १४ : ३४
मङ्गलबार, ०५ साउन २०७८

रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।

पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।

करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप