शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ भिभो भी २१ स्मार्ट फोन ?

मङ्गलबार, ०५ साउन २०७८, १४ : ३९
मङ्गलबार, ०५ साउन २०७८

भिभोको नयाँ स्मार्ट फोन भी २१ मंगलबारदेखि नेपाली बजारमा आएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ ।

यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ भने, उक्त फोन स्लीक र स्लीम समेत रहेको कम्पनीले जनाएको छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको छ । 

भी २१ मा ४४ एम.पी ओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएकोछ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पी ओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पी ओ.आई.एस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ओ.आई.एसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्कोतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरूलाई समेत सन्तोष प्रदान गर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरूले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आफ्नै मौलिकता सहितको ४४ एम.पी क्यामेरा ओ.आई.एस र इ.आई.एस (इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्च गुणस्तरको भिडियो खिच्न सक्दछ । 

यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पी ओ.आई.एस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ ।

कम प्रकाशमा पनि क्यामेराको क्षमता बिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएको छ । यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ । यसले फोटो र रेकर्डिङमा राम्रो परिणाम ल्याउँछ ।

भी २१ म विभिन्न विशेषता रहेका छन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरू समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ ।

यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमुनाको रूपमा बजारमा आएको छ । यो स्मार्ट फोन एम.टि.के डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ । भी २१ नेपालमा जुलाई २०, २०२१ बाट ४९ हजार ९९९ रुपैयाँ उपलब्ध रहने कम्पनीले जनाएको छ । 

भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप