जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो
नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो ।
गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ ।
समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क उठेको छ भने, निर्जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क उठेको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः २८.७१ प्रतिशत र १५.३५ प्रतिशतले ब९ शुल्क उठेको समितिले जनाएको छ ।
तर यता, गत आर्थिक वर्षमा जीवन बीमातर्फ कुल १५ हजार ९६४ वटा बीमालेखको माग दाबी परेकोमा २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको माग दाबी परेकोमा २० अर्ब १४ करोड
५१ लाख रुपैयाँ बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको देखिएको समितिले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फ कुल ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित (सरेन्डर) भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
-
भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)
-
यस्तो छ फिल्म ‘तान्डवम्’को टिजर
-
क्रिप्टोकरेन्सीको भविष्यबारे ट्रम्पले जारी गरे यस्तो कार्यकारी आदेश
-
विकास निर्माण तथा सेवा प्रवाहमा निजी क्षेत्रको तुलनामा सरकार कमजोर छ : मुख्यमन्त्री लामा
-
नाबालिका करणी प्रयासको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ