शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु

मङ्गलबार, ०५ साउन २०७८, १६ : ३८
मङ्गलबार, ०५ साउन २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन सेवा सुरु गरिएको छ । उक्त सेवासँगै  नगरबासीले घरबाटै पनि अनलाइनमार्फत राजस्व बुझाउन सक्ने भएका छन् । 

नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको  बताए ।

उनले कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरू सहज हुने  बताए ।

यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ ।

करदाताले कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइल बाटै कर भुक्तानी गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप