शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षपछि टिभीबाट ब्रेक लिँदैछन् आदित्य नारायण, छोड्नेछन् इन्डियन आइडल

मङ्गलबार, ०५ साउन २०७८, १६ : ५६
मङ्गलबार, ०५ साउन २०७८

गायक आदित्य नारायणले अब उद्घोषणबाट ब्रेक लिने निर्णय गरेका छन् । उनले अब आफू अन्य ठूला जिम्मेवारीतर्फ अघि बढ्ने समय आएको जानकारी दिएका छन् ।

उनले आफ्ना सबै बचन पूरा गरेपछि सन् २०२२ पछि उद्घोषण बन्द गर्ने बताए ।

उद्घोषण छोड्नेबारे के भन्छन् आदित्य ?

टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठूलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’

पछिको योजनाबारे कुरा गर्दै उनले भने, ‘म अर्को वर्ष टिभीबाट ब्रेक लिनेछु । मलाई एकै समयमा धेरैवटा काम गर्न रमाइलो लाग्छ तर यसले असाध्यै थकान पनि दिलाउँछ । पछिल्लो १५ वर्षदेखि म भारतीय टेलिभिजन गर्दै आएको छु र म असाध्यै आभारी छु । यो अन्य कुरामा अघि बढ्ने समय हो । मैले सानो पर्दामा उद्घोषण सुरु गर्दा किशोर थिएँ । र अब यसलाई म अर्को वर्ष पूरा गर्नेछु । म सायद एक पिता (मुस्कुराउँदै) बन्नेछु । टिभी इन्डष्ट्रिले मलाई धेरै कुरा दिएको छ – नाम, प्रसिद्धि र सफलता ।’

उद्घोषणपछि के गर्नेछन् आदित्य ?

आदित्यले थपे, ‘यो सबैले मलाई मुम्बईमा एउटा घर बनाउन, एउटा कारको मालिक र एक शानदार जीवनयापनका लागि योग्य बनाएको छ । मैले टिभी पूर्ण रुपमा छोड्न लागेको भने होइन तर म अरु नै केही गर्नेछु जस्तै कुनै गेम शोमा भाग लिने वा कुनै एउटाको निर्णायक बन्ने । तर एक उद्घोषकको रुपमा मेरो समय समाप्त भइरहेको छ । यत्तिका वर्षको उद्घोषण पछि म आफ्नो खुट्टामा उभिन सकेको छु तर खुट्टामा उभिएर मेरो अब खुट्टामा थोरै समस्या देखिएको छ । अहिले खुट्टामा थोरै समस्या हुन थालेको छ । अब सिटमा बस्ने बेला आएको छ ।’

आदित्यले भने, ‘म हरेक वर्ष, मानिसहरुलाई भन्छु कि अब उद्घोषण गर्न चाहन्नँ तर केही प्रोडक्सन हाउस मेरो दिमागलाई परिवर्तन गर्न सक्षम हुन्छन् । मसँग चारवटा थप रियालिटी शो छन् । यदि मैले घोषणा गरिनँ भने अफर आइरहन्छन् । मलाई उद्घोषण जति मनपर्छ अब मैले अन्य कुरामा ध्यान दिन आवश्यक छ । म अहिले पनि गीत गाउन चाहन्छु, स्टेजमा डान्स गर्न चाहन्छु । संसारको अगाडि आफ्नो प्रस्तुती दिन चाहन्छु । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप