शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङबाट चार जना फरार अभियुक्त पक्राउ

मङ्गलबार, ०५ साउन २०७८, १७ : ३७
मङ्गलबार, ०५ साउन २०७८

वन मुद्धाका चार जना फरार अभियुक्तलाई दाङ्गको प्रहरीले पक्राउ गरेको छ ।
२०७५ साल माघ १६ गते सामुहिक वन मुद्धामा  दाङ देउखुरी  अदालतबाट मुद्धा फैसला भई फरार रहेका  जिल्लाको राजपरु गाँउपालिका– ७ राताकास  बस्ने  ४५ बर्षीय निमप्रसाद बिक , सोही स्थानका बर्ष ६३ का  धन दल बहादुर बिक, बर्ष ६२ की   राधिका बिक र  बर्ष  ३४ की  तारा कुमारी पुनलाई प्रहरीले सोमबार पक्राउ गरि मंगलबार अदालतमा पेश गरेहो हो । 

 दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुलाई अदालतले जनही ७१ हजार, ५ सय २१ रुपैयाँ ५० पैसा जरिवानाको  फैसला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप