शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ युकेद्वारा २५ पत्रकारलाई आर्थिक सहयोग

बुधबार, ०६ साउन २०७८, ०७ : २०
बुधबार, ०६ साउन २०७८

कोरोना महामारीका कारण प्रभावित बनेका नेपालस्थित  २५ जना पत्रकारहरुलाई  नेपाल पत्रकार महासंघ  यूके शाखाले  आर्थिक सहयोग गर्ने भएको छ ।  कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ यूके शाखाले ५ लाख १६ हजार रुपैयाँ  महासंघ केन्द्रको खातामा पठाईसकेको छ ।

पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय पाउन्ड मंगलबार आइएमईमार्फत् महासंघ केन्द्रलाई पठाइएको हो । उक्त रकममा आइएमई लन्डनको अफरमा थप भएको रकम समेत गरी कुल ५ लाख १६ हजार रुपैयाँ महासंघ केन्द्रको खातामा जम्मा गराइएको पत्रकार महासंघ युकेका कोषाध्यक्ष सविन्द्रकुमार गुरुङले जानकारी दिए ।

संकलित रकमबाट महामारीका कारण विभिन्न समस्यामा परेका देशभरका २५ जना पत्रकारलाई २० हजारका दरले ‘लेखन-वृत्ति’ प्रदान गरिनेछ । सहयोगको आवश्यकतामा रहेका पत्रकारहरुलाई महासंघ केन्द्रको सिफारिशका आधारमा सहयोग बाँडिनेछ । महासंघको काठमाडौंस्थित कार्यालयमा चाँडै एक समारोह आयोजना गरी सहयोग हस्तान्तरण गरिने पत्रकार महासंघ यूके महासचिव नरेन्द्र बस्नेतले बताए ।

गत जुन १३ मा निर्वाचित शाखाको पाँचौं कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै निर्णय गरेर महामारी पीडित पत्रकारको लागि सहयोग संकलन गरेको थियो । कार्यसमितिका पदाधिकारी, शाखाका सदस्य एवम् शुभेच्छुकहरु समेतको सहयोगमा सहयोग संकलन गरिएको थियो ।

सहयोग संकलनको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र कार्यसमिति सदस्य गोमा रानाले गरेका थिए ।

नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले महामारीका बेला अफ्ठेरोमा परेका सहकर्मीहरुको हौसला बढाउने उद्धेश्यले सहयोग पठाइएको बताए ।

‘महामारीका कारण विभिन्न खालको समस्या झेल्न बाध्य पत्रकारहरुलाई हामी पनि संगै छौं है भन्ने सन्देश दिन खोजेका हौं’, उनले भने, ‘उहाँहरुको मनोबल उच्च पार्ने हाम्रो चाहना हो ।’

यस अभियानमा आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगदाता, सहयोग वितरणको संयोजन गर्ने महासंघ केन्द्र एवम् सहयोग संकलनमा जुट्ने सिंगो कार्यसमितिलाई अध्यक्ष अर्यालले धन्यवाद ज्ञापन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप