शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट

बुधबार, ०६ साउन २०७८, १३ : ५६
बुधबार, ०६ साउन २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।

यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ । अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताए । ‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ,त्यही भएको हो, कुनै उद्देश्यले  भेटघाट भएको हैन’ उनले भने । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेटेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप