शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसराज र सरिताको ‘आयो तिम्रो राजा’

बुधबार, ०६ साउन २०७८, १४ : ०२
बुधबार, ०६ साउन २०७८

गायक गणेश थापाको स्वर रहेको गीत ‘आयो तिम्रो राजा’ भिडियोसहित सार्वजनिक भएको छ । रोमान्टिक शैलीको आधुनिक गीत डान्सिङ शैलीमा तयार भएको छ । सुवर्णकुमार श्रेष्ठको संगीत रहेको गीतको शब्द सुदन लुईंटेलले कोरेका हुन् ।

भिडियोमा यसराज गराचन र सरिता भारतीको अभिनय रहेको छ । भिडियोमा मोडल मञ्जुला गिरीको पनि अभिनय देख्न सकिन्छ । सुवास बुढाथोकीको निर्देशन रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायाँकन  रहेको छ । उमेरले ६० पुग्दै गरेका गायक गणेश छिट्टै एल्बम समेत सार्वजनिक गर्ने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप