शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाघको छालासहित २ जना पक्राउ

बुधबार, ०६ साउन २०७८, १५ : ००
बुधबार, ०६ साउन २०७८

बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।

अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा  पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च  लामो   नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई  पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप