बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले फेरि राहत प्याकेज ल्याउने अर्थमन्त्रीको उद्घोष

बुधबार, ०६ साउन २०७८, १५ : ०८
बुधबार, ०६ साउन २०७८

सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् । 

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।

उनले  यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए । मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे । सिएनआइले  घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे  । रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए । कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप