पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सवा २ बजेबाट सुरु भएको हो । स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।
माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले पार्टीका तर्फबाट पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन
-
सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक