कैलालीमा एक वर्षमा ३३२ आपराधिक घटना, जबर्जस्ती करणीका घटनामात्रै ९९
कैलालीमा आर्थिक वर्ष २०७७/०७८ मा ३३२ वटा आपराधिक घटना भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको जिल्लामा गत आर्थिक वर्षमा भएका आपराधिक घटनामा जबर्जस्ती करणीको संख्या सर्वाधिक छ । वर्षभरीमा कैलालीमा जबर्जस्ती करणीका ९९ घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकमा जबर्जस्ती करणीका घटना धेरै देखिए पनि त्यसपछिका महिनामा भने कम पाइएको छ । उनका अनुसार गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा जबर्जस्ती करणीका ११÷११ घटना प्रकाशमा आएका छन् । यस्तै असोज र कार्तिकमा जबर्जस्ती करणीका १२÷१२ वटा घटना दर्ता भएका छन् ।
यसैगरी मंसिरमा ८, पुसमा ९, माघमा ६, फागुनमा ९, चैतमा ५, वैशाखमा ६, जेठमा ७ र असारमा ३ वटा जबर्जस्ती करणीका घटना दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए ।
कैलालीमा आपराधिक घटनाको तथ्याङ्कमा संख्याका हिसाबले गत वर्ष लागु औषध दोस्रो स्थानमा छ । गत आर्थिक वर्ष कैलालीमा लागु औषधका ९१ वटा घटना दायर भएको प्रहरीको भनाइ छ ।
कैलालीमा गत वर्ष साधारण चोरीका ६० घटना दर्ता भएका छन् । जिल्लाको आपराधिक घटनाको तथ्याङ्कमा संख्याको हिसाबले साधारण चोरी तेस्रो स्थानमा परेको छ ।
घटना संख्याको हिसाबले कैलालीमा जबर्जस्ती करणी उद्योग चौथो स्थानमा छ । गत आर्थिक वर्ष कैलालीमा जबर्जस्ती करणी उद्योगका ४१ घटना दर्ता भएका छन् ।
यस्तै, कैलालीमा गत आर्थिक वर्षमा सवारी चोरीका २० घटना प्रकाशमा आएका छन् ।
गत आर्थिक वर्षमा कैलालीमा कर्तव्य ज्यानका १६ वटा घटना दर्ता भएका छन् ।
सबैभन्दा धेरै आपराधिक घटना पुस महिनामा भएको पाइन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पुसमा कैलालीमा ३९ आपराधिक घटना भएका छन् । सो महिनामा १५ लागु औषध, ९ जबर्जस्ती करणी, ६ सवारी चोरी, ४ जबर्जस्ती करणी उद्योग, २ कर्तव्य ज्यान, २ साधारण चोरी र एक नकबजनी चोरीका घटना दर्ता भएका छन् ।
सबैभन्दा कम आपराधिक घटना भएको महिना वैशाख छ । गत वैशाखमा कैलाली जिल्लामा १८ आपराधिक घटना भएका छन् । तीमध्ये साधारण चोरी र जबर्जस्ती करणीका ६÷६ घटना छन् । त्यस्तै जबर्जस्ती करणी उद्योगका ३, सवारी चोरीका २ र लागु औषधका १ घटना दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा