माधव पक्षको बैठकमा भीम रावल अनुपस्थित
बुधबार, ०६ साउन २०७८, १६ : ०५

एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ ।
काठमाडौंको बुद्धनगरका जारी बैठकमा नेपालपक्षीय नेता तथा एमाले उपाध्यक्ष भीम रावल भने अनुपस्थित छन् ।
एमाले विवाद समाधन गर्न गठित कार्यदलमा नेता नेपाल पक्षका कार्यदल संयोजक रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा घोषणा गरेका थिए ।
तर उनको राजीनामा भने स्वीकृत भएको छैन । नेपाल पक्षीय नेताहरुको बैठकमा ओली पक्षले सोधेको स्पष्टीकरण र भावी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।