शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वात्सल्यले ल्यायो निःसन्तान महिलाका लागि निःशुल्क परामर्श योजना

बुधबार, ०६ साउन २०७८, १६ : २२
बुधबार, ०६ साउन २०७८

वात्सल्यले सन्तान प्राप्ति गर्न चाहने निःसन्तान महिलाहरुका लागि निःशुल्क टिभिएस जाँच तथा विशेषज्ञ परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।  सन्तान प्राप्त गर्न नसकेका ४० वर्षमाथिका महिलाका महिलालाई निःशुल्क र टिभिएस जाँच तथा परामर्श सेवा वात्सल्यले दिने लागेको हो ।

उचित निदान र उपचार गरेमा सन्तान प्राप्ति सम्भव भएकाले वात्सल्यले श्रावण मसान्तसम्म लागू यो सेवा गर्न लागेको हो ।

यस विशेषज्ञ सेवाले  आईयूआई÷आईभीएफका साथै अन्य निःसन्तान उपचार विधिबारे जान्ने र बुझे मौका प्रदान गर्न सकिने उद्देश्यले वात्सल्यले यो योजना ल्याएको जनाएको छ । 
निःसन्तान दम्पतिका लागि अन्तरराष्ट्रिय स्तरको सेवा—सुविधा उपलब्ध गराउन शुरुवात गरेको वात्सल्य आईभिएफ हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्र्याएको छ । 

 तर, आईभिएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ । 
साथै निःसन्तान दम्पतीका लागि उचित परामर्श, आवश्यक जाँचका लागि उपलब्धता आदिले निकै ठूलो भूमिका खेल्ने भएकाले वात्सल्ले निःसन्तान विशेषज्ञहरुको संख्या समेत वृद्धि गरेको छ ।

वात्सल्यले आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत हुन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् ।

 यस्तै डा. निजा राजभण्डारीले लखनउमा छात्रवृत्ति मार्फत आईभीएफ सम्बन्धी अध्ययन गरेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप