बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहदेखि कब्जियतमा राहतसम्मः आलुबखडा खानुका ८ ठूला फाइदा

बुधबार, ०६ साउन २०७८, १७ : २३
बुधबार, ०६ साउन २०७८

गुलियो–अमिलो स्वाद भएको आलुबखडा आजकाल बजारमा जताततै पाइन्छ । आलुबखडा, आरु, खुर्पानी आदि फल एउटै परिवारसँग सम्बन्धित छ । यो रात, प्याजी, पहेँलो, गुलाबी रङका हुनुका साथै आकारमा साना–ठूला पनि हुनसक्छन् ।

हज्जारौं वर्ष अघि आलुबखडाको उत्पत्ति चीनमा भएको थियो । त्यसपछि यसलाई जापान, अमेरिका र युरोपमा केही हिस्सामा पनि पाइन थालियो । आज संसारभरी आलुबखडाका २ हजारभन्दा बढी प्रजाति फलाइन्छ । यसलाई काँचै, सलादको रुपमा वा विभिन्न प्रकारले बनाएर खान सकिन्छ । 

आलुबखडा स्वास्थ्यको हिसाबले गुणको खजाना हो । यसमा मिनरल्स, भिटामिन, फाइबरको भरपुर मात्रा पाइन्छ । यसमा पाइने भिटामिन सी शरीरलाई स्वस्थ्य राख्नमा, मांसपेशीको निर्माण र रक्त कोसिका बन्न मद्दत गर्छ । 

एक कप आलुबखडामा क्यालोरी : प्रोटिन : १ ग्राम, फ्याट : १ ग्रामभन्दा कम, कार्बोहाइड्रेट : १८ ग्राम, फाइबर : २ ग्राम र चिनी : १६ ग्राम पोषक तत्व पाइन्छ । यसबाहेक आलुबखडालाई क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, पोटासियम, भिटामिन सी, भिटामिन ए, भिटामिन के, फोलेटको राम्रो स्रोत मानिन्छ । 

आँखालाई स्वस्थ बनाउँछः

आलुबखडामा भिटामिन ए र बीटा क्यारोटिन पाइन्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ । नियमित रुपमा यसको सेवन गर्दा आँखा स्वस्थ रहन्छ । 

मुटुका लागि फाइदाजनकः

आलुबखडामा पाइने फाइटोकेमिकल्स र पोषक तत्व मुटु रोग निम्त्याउने इन्फ्लामेसन (सुन्नाई) कम गर्छ । 

तनाव हटाउँछ :

आलुबखडामा पाइने एन्टिअक्सिडेन्टले तनाव हटाउन मद्दत गर्छ । जब शरीरमा एन्टिअक्सिडेन्ट कम हुन्छ तब व्यक्ति तनावग्रस्त हुनथाल्छ । त्यसैले नियमित रुपमा यसको सेवन गर्दा मानसिक तनावलाई हटाएर तपाईंलाई स्वस्थ र फिट बनाउन मद्दत गर्छ । 

कब्जियतबाट राहत :

आलुबखडामा डायट्री फाइबर हुन्छ जसमा सार्बिटल मुख्य रुपमा पाइन्छ । यो फाइबरले पाचन क्रियालाई दुरुस्त राखेर कब्जियतबाट राहत दिलाउन मद्दत गर्छ । 

रक्तचाप र स्ट्रोकः

आलुबखडामा पाइने पोटासियमले रक्तचापलाई दुई प्रकारले नियन्त्रित गर्न सक्छ । पहिला त यसले पिसाब मार्फत् शरीरको सोडियमलाई बाहिर निकाल्ने काम गर्छ भने यसले रक्तनलीको तनावलाई कम गर्छ । यसका साथै यसले कम रक्तचापमा स्ट्रोकको सम्भावनालाई कम गर्छ । 

एन्टीअक्सिडेन्टले भरपुरः

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ । 

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । 

हड्डीलाई स्वस्थ बनाउँछः

​जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ । 

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।   

आलुबखडामा एन्टिअक्सिडेन्टको भरपुर मात्रा पाइन्छ । यसले शरीरको कोसिका र तन्तुलाई क्षती हुनबाट जोगाउँछ । यसका कारण मधुमेह, अल्जाइमर, पार्किन्सन्स र क्यान्सरजस्ता रोग हुने खतरा कम हुनसक्छ । 

ब्लड सुगर नियन्त्रणः

आलुबखडा फाइबरले भरपुर हुन्छ यसले ब्लड सुगरको स्तरलाई कम गर्न मद्दत गर्छ । यसले शरीरको एडिपोनेटिक्टन नामक हर्मोनको उत्पादन पनि बढाउन सक्छ । यो हर्मोनले ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । 

हड्डीलाई स्वस्थ बनाउँछः

जनावरमा गरिएको एक शोधबाट थाहा हुन्छ कि सुर्काको आलुबखडाले हड्डी स्वस्थ बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीको कमजोरी हटाउँछ र यसलाई बलियो बनाउन मद्दत गर्छ । 

विज्ञका अनुसार गुलियो मिठो स्वाद भएको आलुबखडालाई आफ्नो दैनिक आहारको हिस्सा बनाउँदा तपाईं स्वस्थ त हुनुहुनेछ, यसले तपाईंलाई मौसमी रोगबाट पनि बचाउँछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप