केन्द्रीय संस्करण

चाँदीका गरगहनासहित एक व्यक्ति पक्राउ

person explore access_timeसाउन ६, २०७८ chat_bubble_outline0

प्रहरीले वीरगञ्जबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहनासहित चितवन खैरेनी नगरपालिका–२ श्रीया ज्वेलर्सका सञ्चालक सप्तरी राजविराज उपमहानगरपालिका–२ मेघराका ४३ वर्षीय अंगत साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।  उनलाई उक्त चाँदीसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.