केन्द्रीय संस्करण

गण्डकीमा ३६३ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

person explore access_timeसाउन ६, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेशमा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३० जनाको नमुना परिक्षण गरिएकामा ३६३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७१ महिला र १९२ जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै बागलुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ११२, बागलुङ ३, स्याङ्जा ४६, म्यादी १८, पर्वत ३४, गोरखा १३, लमजुङ २१, तनहुँमा ३८ र नवलपुरमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२ हजार ७२४ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–५की ४५ वर्षीय महिला, पोखरा–२९ का ६२ वर्षीय पुरुष र नवलपरासी पूर्व मध्यविन्दू–८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८  हजार ५७४ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार १०९ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.