बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : ३२५ जनामा परीक्षण गर्दा १०७ जनामा पुष्टि

बुधबार, ०६ साउन २०७८, १८ : ३२
बुधबार, ०६ साउन २०७८

कर्णाली प्रदेशमा बुधबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३५ जना र  २४१ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बुधबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना संक्रमण देखिएको  छ । यस्तै जुम्लामा २५, रुकुमपश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ६, हुम्लामा ५, सल्यानमा ३, दैलेखमा २ र अन्य एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

तथ्याङ्क हेर्दा रुकुम पश्चिम, जम्मा, मुगु, कालिकोट जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएको छ । कर्णाली कोरोना संक्रमण हुनेको संख्या २९ हजार ५४८ पुगेको छ । यस्तै बुधबार ८३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २७ हजार ४५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६१५ रहेको छ । 

प्रदेशमा बुधबार एकजनाले कोरोना संक्रमणका कारण ज्यान  गुमाएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप