रेलमा झेलैझेल

भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए पनि तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।
अब भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तपछि मात्रै रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरण प्रक्रिया अघि बढ्ने देखिएको छ । सरकारले आइतबारमात्रै रेल खरीद गरेको १० महिनापछि जनकपुर–जनयनगर रेलवे सेवा ‘ट्रयाकस्पिड’ परीक्षण गरेको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर जयनगर रेल्वे सेवा सञ्चालनका लागि आइतबार रेल्वे ‘ट्रयाकस्पिड’ र प्राविधिक परीक्षण गरिएको जानकारी दिए ।
भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसिनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघण्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो ।
सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा भारतबाट दुई रेल खरीद गरी ल्याएको हो । ३४ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा सरकारले गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा