बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको राजस्थानमा लगातार दोस्रो दिन भूकम्प

बिहीबार, ०७ साउन २०७८, ०९ : ४५
बिहीबार, ०७ साउन २०७८

भारतको राजस्थानस्थित बीकानेरमा बिहीबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । रिक्टर स्केलमा उक्त भूकम्पको तीव्रता ४.८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७ बजेर ४२ मिनेटमा गएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो ।

भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन । बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो । यसको तीव्रता ५.३ रिक्टर स्केल मापन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप