शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्जुले जितिन् मिसेस मंगोलको ताज

बिहीबार, ०७ साउन २०७८, ०९ : ५३
बिहीबार, ०७ साउन २०७८


‘मिसेस मंगोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोभिड–१९को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी शेर्पाले शिर्ष ताज जितेकी हुन् ।

अमेजन इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए ।

विजेता सबैले ताज सहित बिभिन्न उपहार समेत हात पार्न सफल भएका छन् । १५ प्रतियोगीले अन्तिम स्पर्धा गरेको  र डा. रेखा थापा, मिसेस हिमालयन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुनमगर र मिसेस आइकन नेपाल सोनिया ज्याखो निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप