शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

बिहीबार, ०७ साउन २०७८, १० : १०
बिहीबार, ०७ साउन २०७८

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । 

शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका अनुसार फिल्मका लागि नयनताराले हस्ताक्षर गरिसकेकी छन् । निर्देशक एटलीले उक्त फिल्म धेरै भाषामा बनाउने बताएका छन् । 

फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निर्वाह गर्ने जानकारी गराइएको छ भने नयनताराको भूमिका कस्तो रहने भन्ने विषयमा खुलासा गरिएको छैन । उक्त फिल्म सन् २०२१ को अन्तसम्म शुटिङ गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप