शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने

बिहीबार, ०७ साउन २०७८, १० : ३३
बिहीबार, ०७ साउन २०७८

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न लागको हो ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ ।

बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँ विश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडन्ट्स एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै युरोपियन टिचिङ र्‍यांकिङमा २०१औँ स्थानमा पर्न सफल भएको थियो । सोही विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटीले जनाएको छ ।

आईएसएमटी कलेज युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप