केन्द्रीय संस्करण

बगदादमा भएको हमलाको राष्ट्रसंघद्वारा निन्दा

person explore access_timeसाउन ७, २०७८ chat_bubble_outline0

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले  सोमबार इराकको राजधानी बगदादमा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो ।

राजधानी बगदादमा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो । त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।   

राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

त्यसैगरी उक्त हमलामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.