शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जिम्माल बाको छोरो’ बनेर इन्दिराको पछि लागे दिलीप

बिहीबार, ०७ साउन २०७८, १२ : ०३
बिहीबार, ०७ साउन २०७८

काठमाडौंँ । अभिनेता दिलिप रायमाझी गायिका इन्दिरा जोशीको पछि लागेका छन् । दिलिप रियल लाइफमा नभएर रिल लाइफमा इन्दिराको पछि लागेका छन् । 

इन्दिराकै नयाँ गीत ‘जिम्माल बाको छोरो’ भिडियोमा दिलिप इन्दिरालाई फकाउँदै पछि लागेको देख्न सकिन्छ । 

गायिका जोशीलाई यो गीतमा रमेश बाबुले स्वरमा साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार गीत ‘जिम्माल बा को छोरो’मा प्रकाश सापकोटाको शब्द र भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

भिडियोमा दिलिप, इन्दिराको अलवा गीता ढुंगाना र कमल सिंहको समेत अभिनय छ ।

सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप