बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक उद्घाटन समारोहका निर्देशक बर्खास्त, उद्घाटन भोलि

बिहीबार, ०७ साउन २०७८, १२ : २२
बिहीबार, ०७ साउन २०७८

ओलम्पिक खेलको उद्घाटन हुनभन्दा एक दिनअघि उद्घाटन समारोहका शो निर्देशकलाई बर्खास्त गरिएको छ । १९९० को एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ निर्देशक केन्टारो कोबायासीले हिट्लरको नाजी जर्मनीको जातिय सफायालाई लिएर मजाक गरेका छन् । उनीमाथि नाजी जर्मनीको हातबाट मारिएका मानिसहरुको समवेदनालाई ठट्टामा उडाएको आरोप लागेको छ । 

जापानका ओलम्पिक प्रमुख सेइको हासिमोतोले भनेका छन्,‘यो इतिहासको पीडादायी सत्यमाथिको मजाक हो ।’ टोकियो ओलम्पिकको आयोजना उसै पनि फिक्का हुन गइरहेको छ । किनकि, कोभिडका कारण आम सर्वसाधारणलाई रंगशालामा प्रवेश मिल्ने छैन । त्यसअघि टोकियोका स्थानीयहरु विदेशी खेलाडी र पदाधिकारीले कोभिड ल्याएर सार्नसक्ने भन्दै चिन्तित छन् । अहिलेसम्म ओलम्पिक खेलसँग सम्बन्धित ९१ जनामा कोरोना संक्रमण देखिइसकेको छ । 

उद्‍घाटनलाई लिएर चिन्ता 

कोबायासीलाई बर्खास्त गरेपछि ओलम्पिकको उद्घाटन समारोहलाई कसरी सञ्चालन गर्ने भन्ने चिन्ता थपिएको छ । ‘ओलम्पिकको उद्घाटन निकै नजिक आइसकेकाले यस घटनाबाट ओलम्पिकमा संलग्नहरुलाई पर्ने असरप्रति माफी क्षमायाचना गर्दछौं’ हासिमोतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बर्खास्तीमा परेका कोबायासी कुनै समय कमेडियन थिए । अनावश्यक र भद्दा मजाक गरेको भन्दै यसअघि पनि उनले धेरै आलोचना सहनुपरेको थियो । अधिकारवादी संस्था सिमोन विसेन्थेल सेन्टर (एसडब्ल्युसी) ले पनि केही समयअघि उनको चर्को आलोचना गरेको थियो । ‘कोही व्यक्ति जतिसुकै सिर्जनशील किन नहोस्, नाजी उनीहरुलाई नाजी जर्मनीको जातिय सफायाबाट पीडित भएकाहरुमाथि ठट्टा गर्ने अधिकार छैन’ एसडब्ल्युसी एशोसियट डिन तथा ग्लोबल सोशल एक्सन डाइरेक्टर रब्बी अब्राहम कुपरले भनेका छन् ।

बर्खास्तीमा परेका कोबायासीले पनि गल्ती स्वीकार्दै माफी मागेका छन् । ‘मनोरञ्जनले मानिसलाई असहज महसुस गराउन हुन्न । त्यस समय मैले रोजेका शब्दहरू गलत थिए भनेर मैले बुझेको छु र यसमा मलाई पश्चाताप छ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप