सडकमा गाडी तेर्स्याएर विरोधमा उत्रिए यातायात व्यवसायी, तस्बिरमा हेर्नुहोस्
७ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले बिहीबार प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सार्वजनिक यातायात तथा ट्याक्सीहरू सडकमा लामबद्ध गरेर राखेका थिए ।

महासङ्घले कोभिड खोप उपलब्ध गराउने, यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफूहरूको माग समावेश गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्ने, यातायातको बीमा छुट गर्ने, सडक कानुन लागू गर्ने लगायत माग अघि सारेका छन् ।

यता, भाडा वृद्धिको माग राख्दै ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । हालै मात्र यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरे पनि भाडाका ट्याक्सीको भने भाडा वृद्धि नगरेको भन्दै व्यवसायी मजदुरहरू आन्दोलित भएका हुन् ।
व्यवसायीहरूले बिहीबार बिहानैदेखि ट्याक्सी सडकमा उतारेर अवरोध गरेका छन् ।

आन्दोलित व्यवसायीहरूले कोरोना भाइरसको महामारीकाबीच लकडाउनले व्यवसाय चौपट भएको अवस्थामा थप पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायमा टिक्नै मुस्किल भएको भन्दै तत्काल भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।
त्यसो त सरकारले हालै मात्र सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतसम्मले वृद्धि गरेकोमा भाडाको ट्याक्सीलाई भने उपेक्षा गरेको भन्दै व्यवसायीहरूले यस्तो विभेद नगर्न समेत सरकारसँग माग गरेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण