शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थानकोट प्रहरीलाई २ वटा मोटरसाइकल हस्तान्तरण

बिहीबार, ०७ साउन २०७८, १४ : ४०
बिहीबार, ०७ साउन २०७८

 काठमाडौँ चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल सहयोग गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई ५ लाख ३२ हजार ८ सय मूल्य बराबरको बजाज कम्पनीका २ थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

बिहीबार आयोजित मोटरसाइकल हस्तान्तरण कार्यक्रममा एसएसपी सिंहले समुदाय र स्थानीय निकायले प्रहरीलाई निस्वार्थ प्रदान गरेका स्रोतसाधनको उपयोग गरी समाजको सुरक्षा र अपराध नियन्त्रण थप मजबुत पार्ने बताए ।

 मेयर गिरीले नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्दत पुगोस् भनेर महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरू प्रदान गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप