बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'युरो कप विथ फोनलोन' योजनाका विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती

बिहीबार, ०७ साउन २०७८, १६ : २७
बिहीबार, ०७ साउन २०७८

काठमाडौं । फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन योजनाको विजेता बनेका छन् लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती ।  यस योजनाका विजेता खातिले सामसङको ५५इन्च स्मार्ट टीभी जितेका थिए । 

सो योजना असार १ गते देखी २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा भएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप