शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माडीमा वन्यजन्तुको आक्रमणबाट एक जनाको मृत्यु

बिहीबार, ०७ साउन २०७८, १६ : ३५
बिहीबार, ०७ साउन २०७८

माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । 

बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उहाँको शव फेला परेको हो । बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप