बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाबाट ३ वर्षमा १ सय ७१ जना बेपत्ता

बिहीबार, ०७ साउन २०७८, १७ : ५७
बिहीबार, ०७ साउन २०७८

ओखलढुंगाबाट ३ वर्षको अवधिमा १ सय ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । बिभिन्न समयमा घर छोडी हिँडेका तथा लामो समयसम्म परिवारको सम्पर्कमा नआएका १ सय ७१ जना व्यक्ति प्रहरीको बेपत्ताको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय ओलखढुंगाले जनाएको छ । गत आर्थिक वर्ष २०७५–०७६ मा जिल्लाबाट ७७ जना वेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार २०७५–०७६ मा ४६ जना महिला, १८ जना पुरुष, १ जना बालक र १२ जना बालिका हराएको तथ्याङ्क छ । जसमध्ये नेपाल प्रहरीको सक्रियतामा सबैजना फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७६–०७७ मा जिल्लाबाट २८ जना वेपत्ता भएको तथ्याङ्क छ । जसमा १५ जना महिला, ८ जना पुरुष, १ बालक र ४ जना बालिका रहेका छन् । यी मध्ये बेपत्ता रहेका सबैजना फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०७७–०७८ मा जिल्लाबाट ६६ जना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये महिला ३६ जना, पुरुष १२ जना, बालक ९ जना र बालिका ९ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक काफ्लेको भनाई छ । जसमध्ये ५२ जना फेला परिसकेका छन् भने १४ जना अझै बेपत्ता रहेका छन् । फेला परेका नागरिकमध्ये केही मृत तथा अधिकांशलाई सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप