शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोमा फर्किइन् उषा

बिहीबार, ०७ साउन २०७८, १९ : १७
बिहीबार, ०७ साउन २०७८


एक समय पूर्व मिस नेपाल उषा खड्गीको म्युजिक भिडियो धेरै आउँथ्यो । जसको चर्चा राम्रै हुने गर्दथ्यो । विभिन्न कारणले पछिल्लो समय भने उनले म्युजिक भिडियो अभिनय गरेकी थिइन् । दर्शकले उनको भिडियो हेर्न नपाएको केही समय भएको थियो । अब भने फेरि भिडियोमा देखिन थालेकी छन् । खड्ग भट्टराईको शब्द र विश्व नेपालीको स्वरमा रहेको गीत ‘घात गर्दा’ सार्वजनिक भएको छ । जसको भिडियोमा उषा देखिएकी हुन् ।

यो गीतको भिडियोमा उषालाई रामहरि खड्काले मोडलिङमा साथ दिएका छन् । निरोज लामाको संगीत रहेको गीतमा आरुष केसी र दीपिशा कोइरालाको समेत अभिनय देख्न सकिन्छ ।  भिडियो स्वयं मोडेल उषा खड्गीको जीवनमा मेल खाने खालको रहेको निर्माण युनिटले जनाएको छ । नितिन चन्दको निर्देशन रहेको भिडियो हाइलाइटस नेपालले आफ्नो ‘यूट्युब च्यानल’बाट बाहिर ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप