बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

बिहीबार, ०७ साउन २०७८, १९ : ३२
बिहीबार, ०७ साउन २०७८

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र सु–शासनसँग जोडिएकाले प्रहरीलाई चुष्तदुरुष्त बनाउनका लागि समय अनुकूल सवारीसहित उपकरण आवश्यक भएको बताए । 

उनले समय अनुकुल प्रहरीको सबलीकरण अपरिहार्य रहेको बताउँदै प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रदेश प्रहरी संरचनालाई जनस्तर सम्म पुर्याउनका लागि प्रशासनिक, विपद् व्यवस्थापन, अपराध नियन्त्रण र अनुसन्धानका लागि आवश्यक सामाग्रीको प्रदेश सरकारबाट अपेक्षा गरेको बताए ।

उनले भौतिक संरचनाको सुदृढिकरण, सुरक्षा चुनौती र सरकारसँग प्रहरीले गरेका अपेक्षाका वारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।  गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र १ थान बस हस्तान्तरण गरेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप