बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस

बिहीबार, ०७ साउन २०७८, १९ : ५१
बिहीबार, ०७ साउन २०७८

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ । राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् । 

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । राणालाई संघीय प्रहरी इकाई कार्यालय धरानमा रहँदा एकजना महिलाले बलात्कार गरेको आरोप लगाएका थिइन् । सो मुद्दामा राणाले सफाई पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप