प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत
गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।
बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा दुवै कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए । सरकारी निकायसँग आफुहरुको यो नै पहिलो सहकार्य भएको बताएका उनीहरुले सबै सरकारी निकायले कलाकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आवद्ध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल