शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको निजी सचिवालयले भन्यो- भेटघाटको कार्यक्रम छैन

बिहीबार, ०७ साउन २०७८, २० : ५२
बिहीबार, ०७ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निजी सचिवालयले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार भेटघाट गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । सञ्चारमाध्यामहरुमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपालबीच भेट भएको र हुने तय भएका समाचार बाहिर आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत नेताद्वयबीच भेटघाटको कुनै कार्यक्रम तय नभएको बताएका छन् ।

गौतमले भनेका छन् : ‘विभिन्न सन्चारमाध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के.पी. शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’

बिहीबारै एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र नेपालबीच भेटवार्ता हुन लागेको जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप