बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२ सय रुपैयाँ असुल गर्न ८ वर्षपछि पक्राउ !

बिहीबार, ०७ साउन २०७८, २२ : ५६
बिहीबार, ०७ साउन २०७८

सुर्खेत प्रहरीले २ सय रुपैयाँ असुल उपर गर्नका लागि भन्दै करिब ८ वर्षपछि ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी) रामप्रसाद घर्तीकाअनुसार उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बिहीबारेबाट पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का  वर्ष ३१ का लोकेन्द्र थापा, वर्ष ४० को लोकेन्द्र सुनार,  सोही ठाउँ बस्ने, वर्ष ३७ का सन्दिप श्रेष्ठ, वर्ष ३७ को रोशन भट्टराई र वर्ष ३८ का धनबहादुर गुरुङ रहेका छन् ।   डिएसपी घर्तीले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको बताए ।  

जुवा मुद्दामा २०७१ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसलाले लगत नं. १०६२ मा लगत कसिएको जनही १ सय असुल उपर  गर्ने  प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप