जसपा विवाद साउन ११ गते टुंगिने
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको आयोगले जनाएको छ र सोही दिन आयोगले फैसला पनि सुनाउनेछ । सक्कल नागरिकता र मतदाता परिचयपत्रको आधारमा अधिकांश कार्यसमिति सदस्य कसको पक्षमा रहेको निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।सो पार्टीका आधिकारितासम्बन्धी विवादबारे टुंगो लगाउन हिजो दिनभर बहस भएको थियो ।
पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेस गरेका थिए । त्यसपछि आयोगले विवाद निरूपणका लागि इजलास गठन गरी सुनुवाइ थालेको हो । जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । सो समितिमा उपेन्द्र यादव पक्षले आफूहरूतर्फ ३० जना रहेको दाबी गरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
साँखु नगर आइपुगिन् बज्रयोगिनी माई (फोटोफिचर)
-
रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ