बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महामारीबीच जापानमा ओलम्पिक उद्घाटन हुँदै,यी नेपाली खेलाडीले गर्दैछन् प्रतिस्पर्धा

शुक्रबार, ०८ साउन २०७८, १० : २६
शुक्रबार, ०८ साउन २०७८

खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिकको उद्घाटन आज हुँदैछ । महामारीको समय भएकाले ओलम्पिकको रौनक विगतमा जस्तो छैन ।  गत वर्ष स्थगित गरिएको ओलम्पिक खेल फेरि यसपटक सुरु गरिएको हो । 
अहिलेसम्म ओलम्पिक खेलसँग जोडिएका ८० भन्दा धेरै मानिसमा कोरोना देखिइसकेको छ । 

खेलाडी, पदाधिकारी, आयोजक समितिका सदस्य, कर्मचारी, स्वयंसेवक लगायतमा कोरोना देखिइसकेको छ । ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल घोषणा गरिएको छ र घरेलु दर्शकले ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् । अर्थात्, दर्शक बिना नै ओलम्पिक आयोजना हुँदैछ । 

नेपाली समयअनुसार साँझ ४ बजेर ४५ मिनेट जाँदा ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । ओलम्पिकमा ३३ खेलका फरक ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । यी इभेन्ट्समा झन्डै ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

यी नेपाली खेलाडीले गर्दैछन् प्रतिस्पर्धा 
ओलम्पिकमा जुडोमा सोनिया भट्ट, सुटिङमा कल्पना परियार, पौडीमा एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्समा सरस्वती चौधरीले नेपालको चुनौती पेश गर्दैछन्  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप